माधव समूहले अब पीभी ब्युताउँने

काठमाडौं, ६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट युवा संघ नेपालले पिपुल्स भोलिन्टियर ‘पीभी’ ब्युताउने भएको छ । एमालेको आठौं महाधिवेशनबाट पीभी विघटन गरेको थियो ।तर अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युताएपछि माधव समूहले पीभी ब्युताउने भएको छ ।युवा संघका उपमहासचिव सञ्जीप राईले सामाजिक क्षेत्रमा काम गर्न पीभी आवश्यक परेको बताए । पीभीको घोषणा बिहीबार माधव नेपालले घोषणा गर्ने कार्यक्रम तय भएको छ ।यसअघि माधव समूहकै अखिलले पनि तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति