काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।
दिल्लीमा उपचाररत नेता खनाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै टेलिफोन गरी प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।
प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए ।

सोही क्रममा पूर्व प्रधानमन्त्री खनालसंग टेलिफोन संवाद गरी देउवाले स्वास्थ्य लाभको कामना समेत गरेका हुन् । मृगौला सम्बन्धी समस्या देखिएपछि खनाल नयाँदिल्लीमा उपचाररत रहेका छन् ।
प्रतिक्रिया