नेता प्रभु साहले बनाए ‘आइटी आर्मी’

काठमाडौँ, ५ साउन । नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गर्ने भएको छ। मंगलबार तीन बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेता प्रभु साहले जानकारी दिए।

नेता साहले विगत १ वर्ष अघि देखिनै आइटी आर्मी नामक ग्रुप संचालन गरेका थिए । सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ।आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौ,’ अन्तरिम घोषणापत्रमा भनिएको छ, ‘तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामुहिक स्वरुपमा क्रियाशील रहनेगरी आईटी आर्मीको स्थापना गरिएको छ।

आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय हुनेछ।आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति