नेपाली कांग्रेसले पार्टीको चोधौं महाधिवेशन डिजिटिल माध्यमबाट गर्ने तयारी गरेको छ ।
विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागले ‘डिजिटल भोटिङ’ प्रविधिबाट महाधिवेशन गर्न सकिने विकल्प नेतृत्व सामु अघि सारेको छ ।
कोरोना भाइरसको महामारीमा सुधार नआए कांग्रेसको महाधिवेशन भौतिक रुपमा भेला भएर गर्न सम्भव छैन । भदौ १६ देखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनमा इलेक्ट्रोनिक भोटिंग बाट चुनाव गर्ने योजना बनाएको हो ।
प्रवक्ता शर्माका अनुसार डिजिटल भोटिङबाट महाधिवेशन गर्न केन्द्रीय ससमितिले निर्णय गर्न सकिन्छ । ‘प्रदेश र केन्द्रीय महाधिवेशनमा डिजिटल भोटिङ प्रविधिको प्रयोग गर्न सकिन्छ,’ शर्माले जानकारी दिए ।
निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सक्ने गरी प्रविधिको विकास गरिएको शर्माले बताए ।
निर्वाचन तयारी समितिका अनुसार डिजिटल भोटिङको नमूना प्रदर्शनीको तयारी पनि छ। यसबारे जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरेको छ । कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन्।
प्रतिक्रिया