सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषणा


काठमाडौं, ४ साउन ।  सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त क्षेत्र कायम राख्ने घोषणा गरेको हो। ‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति