काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोजेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव राखेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले बैठकमा अनुपस्थित रहेका छन् ।
एमालेको तर्फबबाट सांसद प्रदीप ज्ञवाली बोलेका थिए।
‘मैले यहाँ आएपछि हाम्रो प्रमुख सचेतकलाई तीनपटक सोधेँ – निवर्तमान प्रधानमन्त्री आउनुहुन्छ ? बोल्नुहुन्छ? उहाँले आउनुहुन्छ भन्नुभयो,’ प्रचण्डले भने, ‘तर बिरामी भएर हो कि के हो मलाई थाहा छैन केपी ओली बोल्नुभएन। पुनर्स्थापित पहिलो बैठकमा यो सदन र देशले केपीजीकै मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो। निवर्तमान प्रधानमन्त्री ओलीजीले के भन्नुहोला भन्ने देशले सुन्न चाहेको थियो भन्दै प्रचण्डले व्यंग्य गरे ।
लोकतन्त्रको गीत गाउन रुचाउने एमालेलाई इंगित गर्दै प्रचण्डले यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक भनेर प्रश्न गरेका थिए।
निवर्तमान प्रधानमन्त्री ओली संसद भवनभित्रै रहे पनि बैठकमा भने अनुपस्थित छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको अभिव्यक्तिप्रति घटिया भएको बताए ।
विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा ज्ञवालीले ‘युद्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेको भन्ने आरोप लगाएका थिए ।
प्रतिक्रिया