महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

त्यसलगत्तै आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा सुरेन्द्र झाले जानकारी दिए । झाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति