खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

काठमाडौं । खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना४त ३१५२ नंको ट्र्याक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति