काठमाडौं, ३ असार । डा. चन्द्रमोहन यादवसहित नेपाली कांग्रेसका तीन नेता पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन् ।
डा। चन्द्रमोहन यादव, रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् ।
धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएको उनीहरुको दाबी छ । यसबारे जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने आफूहरुको माग रहेको डा. यादवले बताए ।
कांग्रेस नेता यादवले थाले पार्टी कार्यालयमा अनशन
प्रतिक्रिया