प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता

काठमाडौं ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाई छ ।

कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् । प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ ।

देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले दावी गरेको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै हुनुहुन्छ । यस्तो अवस्थामा माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति