एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ३ साउन । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले स्थायी कमिटी बैठक राखेको छ।
शुक्रबार एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक राखेको थियो। यी दुबै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित भएका थिएनन्। भंग गरिएको कार्यदलका सदस्यहरू भने बैठक रोक्न माग गर्दै पुगेका थिए। एमालेले सोमबार बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ। आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा छलफल हुने एजेन्डा तय गर्ने सम्भावना छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति