देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भएको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्ने भएको छ ।

अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

शुक्रवार देउवा पक्षकै मोहन बस्नेत समर्थकले घिमिरेमाथि कुटपिट गरेका थिए । पदाधिकारी बैठकमा महाधिवेशन तयारीका विषयमा समेत छलफल हुनेछ ।

यसैबीच प्रधानमन्त्री देउवाले संसद अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक आइतवार अपरान्ह २ बजे बस्ने गरि बोलाएका छन् । आइतवार सर्वोच्च अदालतको परमादेश बमोजिम संसद अधिवेशन सुरु हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति