काठमाडौं, १ साउन । चीनले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप (भ्याक्सिन० दिने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी दिएकी हुन । परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराइन । प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि धन्यवाद दिँदै कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि चिनियाँ सरकारबाट थप सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त समेत गरिन । प्रधानमन्त्री नियुक्त भएको ४ दिनपछि चिनियाँ रावदूत यान्छी देउवालाई भेट्न आज सरकारी निवास बालुवाटार पुगेकि थिईन । भेटमा चीन–नेपाल सम्बन्धका बहुआयामिक पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि पनि चीनले १८ लाख डोज खोप सहयोग गरिसकेको छ ।

प्रतिक्रिया