माधव पक्षको बैठक रोक्ने आग्रह अस्वीकार, ओली पक्षको स्थायी कमिटि बैठक जारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक रोक्न आग्रह गरे पनि ओलील्े अस्वीकार गरिदिएका छन् ।

कार्यदलले गरेको सहमति कार्यान्वयन गर्न स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए ।

अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरेको बैठक कक्षबाट बाहिरिएपछि रावलले जानकारी दिए । ‘पार्टी अध्यक्षलाई कार्यदलको तर्फबाट कुरा राख्न दिनुस् भनेर आग्रह गर्‍यौँ, अध्यक्षले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नुस् भन्नुभयो । मैले एमाले उपाध्यक्षको हैसियतमा बोल्न दिनुस् भनेँ,’ बैठकमा भएको कुराकानीबारे रावलले भने, ‘१० बुँदेमा जे,जे कार्यान्वयन गर्ने भनेका छौं त्यो भएपछि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखौँ भनेको उहाँले मान्नुभएन । ओलीले आफूलाई बौल्न नदिई बैठकको प्रक्रिया अगाडि बढाऔं भन्नुभयो त्यसपछि हामी निस्कियौं ।’

रावलले १० बुँदे सहमति कार्यान्वयनको लागि अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी गर्न आग्रह गरे पनि अध्यक्ष सहमत नभएको रावलले बताए । घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डेसहित रावल बैठकस्थलमा पुगेका थिए । उनीहरु सबै ओलीले अनुरोध नसुनेपछि बाहिरिए ।

स्थायी समिति बै्ठकमा बोल्दै अध्यक्ष ओलीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । ललितपुरको च्यासलमा भएको स्थायी कमिटी बैठकमा उनले जनतामाझ गएर विरोधीहरुलाई खबरदारी गर्ने बताएका हुन् ।

ओलले भने –हामलाई अदालतबाट अन्याय भएका छ । अब यही कुरा लिएर जनतामाझ जानु पर्छ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ ।

बैठकमा अध्यक्ष केपी ओलीपक्षका सदस्यहरु मात्र छन् । माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी छैनन् ।
दुई पक्षका बीचमा एकताको प्रयास भइरहेको भनिएका बेला यस घटनालाई दुवै पक्षलाई झन टाढा पुर्याएको छ। दुई दिन अघि मात्र अध्यक्ष ओलीले आफ्नो निजी निवासबाट माधव नेपालालाई गद्धार घोषणा गरेका थिए । माधव पक्षका अन्यलाई विनाशर्त पार्टीमा आए काम गर्न दिने बताएका थिए । दश बुंदे प्रस्तावका बारेमा ओलीले अहिलेम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति