जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र नेकपा महासचिव चन्दबीच भेटवार्ता

काठमाडौं । नेकपा महासचिव नेत्र विक्रम चन्दले राजनीतिक भेटघाटलाई तिब्रता दिइरहेका छन् । महासचिव चन्दले शुक्रबार बिहान जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
चन्दले अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर भट्टराईलाई भेट्न उनको निवास टोखा पुगेका थिए । ओली सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएका चन्दले ओलीको सत्ताबाट बहिर्गमनलगत्तै आफ्ना युद्धकालका पूर्वसहकर्मीहरु र अन्य नेताहरुसँग भेट सुरु गरेका थिए । त्यसैक्रममा उनले दुई दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । बिहीबार बिहान एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका चन्दले आज भट्टराईसँग भेट गरेका हुन् । नेपालसँगको भेटमा प्रचण्ड समेत मिसिएका थिए । प्रचण्डसँगको भेटमा चन्दले माओवादी पृष्ठभूमिका दलहरुबीच एकताको प्रस्ताव गरेका थिए । कम्युनिष्ट शक्तिबीच एकताको वकालत गर्दै आएका प्रचण्डसँग चन्दले गरेको एकता प्रस्तावलाई पूर्व माओवादी घटकहरुले सकारात्मक रुपमा लिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति