पानी सर्किएर बेहोस भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु

काठमाडौं । पानी सर्किएर र करेन्ट लागेर झापामा आज एकैदिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको हो भने मेचीनगर–३ सिर्जना बस्ती निवासी ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा पानी सर्किएर बेहोस भएका श्रेष्ठको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता आज दिउँसो मेचीनगर–३ स्थित गङ्गटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा किसानको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति