काठमाडौं । नेकपा एमालेको आन्तरिक एकताका लागि गठित वार्ता टोलीका नेताहरु १० बुँदे सहमति बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउन कोटेश्वर पुगेका छन् ।आइतवार राति कार्यदलका सदस्यहरुले हस्ताक्षर गरेको सहमतिप्रति माधव नेपाल असन्तुष्ट छन् । नेपालसहितको स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न गएका हुन् ।कार्यदलमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा माधव नेपाललाई जानकारी गराउन आफूहरु गएको बताए ।यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए ।आजै अपरान्ह १ बजे एमाले स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकमा माधव पक्षका नेताहरुको सहभागिताका बारेमा सो समूहमा छलफल भइरहेको छ ।
एमाले वार्ता टोली कोटेश्वरमा : नेता नेपाललाई १० बुँदे सहमति बुझाउदै
प्रतिक्रिया