फैसला संविधान र लोकतन्त्रको रक्षाको पक्षमा – माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सर्वोच्च अदालतको फैसला स्वागत गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गरेका छन्।
‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्‍याएको छ,’ श्रेष्ठले भनेका छन्, ‘यसको हामी स्वागत गर्दछौं।प्रतिगमनकोविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु।’संसद विटघनविरुद्ध माओवादी केन्द्र नेपाली कांग्रेसँग मिलेर सर्वोच्च अदालत गएका थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति