काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हार २१८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसा ५ हजार ५३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १२ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, ३ हार ६८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया