एमाले विवादः आज एकता सम्बन्धी सहमति सार्वजनिक गरिने

काठमाडौँ । नेकपा एमाले पार्टी भित्रको विवाद समाधानका लागि गठित कार्यदलले आज एकता सम्बन्धी सहमति सार्वजनिक गर्ने बताएको छ।

शनिबारको बैठकमा सहमति जुटेको र आज शिर्ष तहमा छलफल भएपछि उक्त सहमति सार्वजनिक गरिने कर्यादलका नेताहरुले बताएका हुन्।

आज बिहान ८ बजे बस्ने कार्यदलको बैठकले सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने बताइएको छ । हिजोको बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति