काठमाडौँ– नेकपा एमाले विद्रोही पक्षका नेता माधवकुमार नेपाललाई भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।शनिबार एमाले एकता दस्तावेज सार्वजनिक हुने दावी कार्यदलका सदस्यहरुले गरेका बेला प्रचण्डको सक्रियता बढेको हो। प्रचण्डले सवा तीन बजेदेखि झण्डै ४५ मिनेट देउवासँग बिताएका छन्।बुढानीलकण्ठ स्रोतका अनुसार उनी अहिले त्यहाँबाट बाहिरिसकेका छन्। त्यसअघि प्रचण्डले कोटेश्वरमा ११ः०० बजेदेखि करिब एक एक घण्टा माधवकुमार नेपालसँग भेट गरेका थिए।
नेपाललाई भेटे लगत्तै प्रचण्ड देउवाबीच आकस्मिक छलफल
प्रतिक्रिया