काठमाडौं । नेकपा एमालेका एकताका लागि कार्यदलले लगभग सहमति जुटाएको छ । भाषिक लगायतका केही परिर्माजन गरेपछि भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो । बैठकपछि एमाले सचिव समेत रहेका कार्यदलका सदस्य ज्ञवालीले भने, हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं ।’
सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन छलफल गर्नुपर्ने बाँकी रहेको भन्दे उनले भने, अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं ।’

प्रतिक्रिया