आन्तरिक हवाई गन्तव्यमा अब मागअनुसार उडान

काठमाडौं । सरकारले आन्तरिक गन्तब्यका लागि उडान संख्याको सीमा हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए । सोही अनुसार सरकारले अब यसअघिको ५० प्रतिशत तोकिएको सीमा हटाएको हो ।

प्राधिकरणले बिहीबार सबै वायुसेवा कम्पनीलाई यसबारे जानकारी दिएको हो । अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएन, चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दिएको,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार उडान अनुमति माग्दा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ । अर्कोतर्फ हरेक जिल्लाका स्थानीय प्रशासनबाट तोकेका शर्त र मापदण्डसमेत हवाई सेवा कम्पनी र यात्रुले पालना गर्नुपर्नेछ । यसअघि सरकारले १ जुलाईबाट उडान खोल्ने निर्णय गरेको थियो । ५० प्रतिशत उडान खोल्दा यात्रुको चाप नथेग्ने र यसले भाडा समेत महंगो हुने कम्पनीहरुको गुनासो रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति