दल दर्ता खारेजीको माग हास्यास्पद : माओवादी केन्द्र

काठमाडौं, २५ असार । नेकपा माओवादी केन्द्रले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै दल दर्ता खारेजीको मागलाई हास्यास्पद भनेका हुन् ।

ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’ सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का सरोज बुढाथोकीको नामबाट निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन परेको छ ।दल दर्ता खारेज सम्बन्धी निर्णय गर्न माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल समूहका नेताहरुले निर्वाचन आयोगलाई दबाबसमेत दिंदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति