साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ– साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति