दक्षिण कोरिया कोरोनाको चौथो वेभमा प्रवेश

काठमाडौं, २४ असार । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको चौथो वेभ शुरु भएको बताएका छन्। दक्षिण कोरिायमा केही हप्ताअघिसम्म ७०० भन्दा बढी संक्रमित नरहेकोमा अहिले आएर भने प्रत्येक दिन एक हजार भन्दा बढी संक्रमित भेटिएका छन्।
त्यो संख्यामा वृद्धि भएर बुधबार र बिहीबार संक्रमितहरु पाइएको समाचारमा जनाइएको छ। दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा १ हजार २७५ जना संक्रमित पाइएका छन्।

बिहीबार देखिएका यी संक्रमितहरुमा ६०० भन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ। बुधबार पनि य १ हजार २१२ जना संक्रमित भेटिएको थियो। बिहीबार देखिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो।यसकारण पनि धेरै पछि यति धेरै संख्यामा संक्रमितहरु देखिँदा देश कोरोना महामारीको अर्को वेभमा प्रवेश गरेको बताइएको हो।कोरानाविरुद्धको खोपका अभियानलाई ब्यापक बनाइएको छ। जसका कारण संक्रमितबाट मृत्यु हुनेको संख्या भने कमी देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन्। दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार २८ जना पुगेको बताइएको छ। स्वास्थ्य अधिकारीहरुले यसै हप्ता अर्थात् यही जुलाई १ देखि ७ तारिखसम्ममा देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५३ प्रतिशत बढी देखिएको छ।यो तथ्यांक आएपछि स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति