सचिवमा पुष्करलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, २४ असार । नेपाल सरकारको बिशिष्ठ श्रेणी अर्थात सचिवमा सहसचिव कृष्णहरी पुष्कर बढुवा भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासन तर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका पुष्कर सचिवमा बढुवा भएको एक मन्त्रीले बताए । पुष्कर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को प्रवक्ताको जिम्मेवारीमा थिए ।लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि एक नम्बरमा पुष्कर, दुई नम्बरमा खगेन्द्र प्रसाद नेपाल र तीन नम्बरमा किरण राज शर्माको नाम सिफारिस गरेको थियो ।पुष्कर र नेपालको नाम यसअघि दुई पटक बढुवाका लागि सिफारिस भइसकेको थियो भने शर्माको नाम पहिलो पटक सिफारिस भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति