ब्राजिलियन फरवार्ड जेससमाथि अर्जेन्टिनाविरुद्धको फाइनल खेल्न प्रतिबन्ध

काठमाडौं, २४ असार । ब्राजिलियन फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्न नपाउने भएका छन्।

दक्षिण अमेरिकी फुटबल महासंघले दुई खेल प्रतिबन्ध लगाउने निर्णय गरेसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड जेससले अर्जेन्टिनाविरुद्धको फाइनल गुमाउने भएका हुन्।

जेससले चिलीविरुद्धको क्वार्टरफाइनलको खेलमा रातो कार्ड पाएका थिए। चिलीका एउगेनियो मेनाको मुखमा खुट्टाले प्रहार गरेपछि जेससले सिधा रातो कार्ड पाएका थिए। जसका कारण उनले पेरूविरुद्धको सेमिफाइनल खेल स्वतस् गुमाएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति