ओली र नेता नेपालबीच भेटवार्ता: सम्वाद भयो, सहमति भएन

काठमाडौं, २३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्वाद भएको छ । दुबै पक्षका नेताहरु रहकेो कार्यदल विवादित विषयमा सहमति उन्मुख भएपछि दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो । नेता सुरेन्द्र पाण्डेका अनुसार कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे ब्रिफिङ गरेको थियो । र, दुई नेताबीच वान टु वान सम्वाद भएको थियो । तर कुनै ठोस सहमति भएन । वार्तामा केही समयमा दोस्रो तहका नेताहरूले ब्रफिङ गरेपछि दुबै नेताले वान टु वान वार्ता भएको सुरेन्द्र पाण्डेले जानकारी दिए । उनले दुबै नेताको बीचमा सकारात्मक कुराकानी भएको र भोलि सबै विषय टुंगिने दावी गरे । भोलि दिउँसो कार्यदलको बैठकपछि पुनः दुइ नेताको छलफल हुने बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति