प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजेजसहित १५ कम्पनी कालोसूचीमा

काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीसहित १५ लाई सरकारले कालोसूचीमा राखेको छ।

कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनीलाई दुई वर्ष कालोसूचीमा राखेको हो। समयमा रसायनिक मल नल्याएको भन्दै लिमिटेडले अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज प्रा।लिलाई दुई वर्ष कालोसूचीमा राखेको हो।

शैलुङ इन्टरप्राइजेजका मुख्य व्यक्ति भने निकेश अधिकारी हुन्। शैलुङ कन्स्ट्रक्सन र शैलुङ इन्टरप्राइजेज दुबै शारदाप्रसादका हुन्।
यस्तै, प्रहरी प्रधान कार्यालयको सिफारसमा पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्सलाई दुई वर्ष कालोसूचीमा राखिएको छ। यस्तै, हिमालयन कन्स्ट्रक्सन, निर्माण सेवा, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, डिएमएस बुट इन्डस्ट्रिज प्रालिलगायत छन्। डिएमएसलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ। डिएमएस सशस्त्र र नेपाल प्रहरीलाई बुट सप्लाई गर्ने कम्पनी हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति