भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि : मृत्यु हुनेको संख्या ४ लाख २ हजार नाघ्यो

काठमाडौँ, २१ असार । भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ३८७ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २९औँ दिन हो ।यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख ८४ हजार ८७२ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ८९ हजार १२८ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ७४३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २ हजार ७५८ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति