सानेपामा हम्मर प्रहार गरी भारतीय नागरिकको हत्या

ललितपुर । ललितपुरको सानेपामा एक जना भारतीय नागरिकको हत्या भएको छ । हम्मर प्रहार गरेर ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो । झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताए । घरका केही सामान पनि हराएका छन्, त्यसैले चोरी गर्ने उद्देश्यले दोस्रो व्यक्ति घरमा प्रवेश गरेको हुनसक्छ एसएसपी बज्राचार्यको भनाई रहेको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साझ एक जनासंग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरीले बताए । ‘घटना पनि शुक्रबार साझै अथवा शनिबार बिहानतिर भएको हुनसक्छ’ प्रहरीको अनुमान रहेको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्ने प्रहरीले जानकारी दिएका छन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति