भोलिको केन्द्रीय कमिटी बैठकमा खनाल–नेपाल समूह नजाने

काठमाडौं, १७ असार । नेकपा (एमाले) ले बोलाएको भोलि शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ।बिहीबार बुद्धनगरस्थित एक ब्याङ्वेटमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको एक नेताले बताए ।
बुधबार प्रधानमन्त्री ओलीले दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका छन्। ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । २०७५ जेठ २ गते अघिको संगठनात्मक संरचनामा पार्टीलाई लैजानुको साटो महाधिवशेन आयोजक कमिटीलाई केन्द्रीय कमिटी मात्रै बनाइएको उनीहरुको भनाई छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति