काठमाडौं । लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ ।
गत रातिबाट मेस्सी फ्रि–एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् । विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् ।
बार्सिलोनाले छाड्ने पछिल्ला १२ महिनाको कोशिश पछि मेस्सी अनुबन्धबाट बाहिर आएका छन् । बार्सिलोनाको एकेडेमीबाट आएका मेस्सीले आफ्नो सम्पुर्ण करियर क्लबमै बिताए । तर पछिल्लो समय कुनै पनि ठुला प्रतियोगिता जित्ने योजना बन्न नसकेपछि मेस्सी क्लबसंग असन्तुष्ट थिए । उनले गत सिजननै पहिलो पटक क्लब छाड्ने निर्णय गरेका थिए । तर सम्झौताको बुँदा देखाउदै क्लबले उनलाई रोकेर राखेको थियो ।
प्रतिक्रिया