नेता नेपालको प्रतिक्रिया : प्रधानमन्त्रीको भाषण रेकर्ड गरेर राख्नुहोला

काठमाडौं, १४ असार ।  नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति कटाक्ष गरेका थिए। नेता नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बौलाह कुकुरले टोकेको छ र भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीको थियो। प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको केही समयपछि संघीय संसद भवनमा विपक्षी गठबन्धनले वुद्धिजीविसँग गरेको छलफलमा नेता नेपालले प्रधानमन्त्रीले बोलेको कुरा रेकर्ड गरेर राख्नुपर्ने बताए। नेता नेपालले राम्रो प्रणाली मात्र भएर नहुने र संस्कार चाहिने बताएका थिए। प्रधानमन्त्री ओलीमा संस्कार नभएको उनको टिप्पणी थियो।

‘उहाँको भाषण रेकर्ड गरेर राख्नुहोला। राम्राराम्रा कुरा बोल्नुभएको होला। म पनि खोजिरहेको छु। भाषण ध्यान दिनुपर्ने रहेछ,’ नेता नेपालले भने, ‘बौलाह कुकुरले टोकेको छ भन्ने कुरामा ध्यान जाओस्।’ उनले विपक्षी गठबन्धन लोकतन्त्र र संविधान बचाउनका लागि भएको उल्लेख गर्दै अरूको भन्दा आफ्नो अवस्था भिन्न रहेको बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति