संसद विघटनको मुद्दामा सरकार पक्षको ‘प्रतिरक्षा बहस’ आजदेखि

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि विपक्षी अर्थात सरकारी पक्षको बहस सुरु हुंदैछ । संवैधानिक इजलासमा हुने बहसमा विपक्षीका लागि कुल १५ घण्टा समय छुट्टयाइएको छ । प्रधानमन्त्री र राष्ट्रपतिका सरकारी र निजी कानुन व्यवसायीलाई १४ घण्टा र सभामुख पक्षलाई १ घण्टा दिइएको छ ।

सरकारी पक्षबाट आज महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गर्नेछन् । सरकारी पक्षले गरेको आन्तरिक व्यवस्थापन अनुसार महान्यायाधिवक्ता बडालले ३ घण्टा र नायब महान्यायाधिवक्ता पदम पाण्डेले २ घण्टा बहस गर्नेछन् । सरकारी पक्षले पाएको १४ घण्टामध्ये प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीका लागि साढे ६ घण्टा समय छुट्टयाइएको छ । यसअघि शेरबहादुर देउवासहित १ सय ४६ रिट निवेदकको तर्फबाट ३६ जना कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति