पहिरामा घर पुरिँदा ३ को मृत्यु, तीनको उद्धार

रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

घटनामा परी ४० वर्षीय टीकासिंह बुढा, ४५ वर्षीया सुनमाया बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले बताए । “घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ”, सुवेदीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति