काठमाडौँ, ९ असार । काठमाडौँ उपत्यकामा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।
बुधबार बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन ।
मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँछ ।यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन । टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । के कारण समस्या देखिएको भन्ने खुलेको छैन ।
प्रतिक्रिया