दोस्रो मात्राको कोभिड शिल्ड खोप बुधबार

ललितपुर । ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ ।कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ ।

लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुङ्मतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्यचौकीमा खोप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य लिएर आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज जारी गरेको सूचनामा जनाइएको छ ।

मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी महानगरपालिकाले सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गर्ने तथा स्वास्थ्य मापदण्ड पालना गराई खोप कार्यक्रममा सहभागी गराउने सूचनामा जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति