कोपा अमेरिका : अर्जेन्टिना र चिलीको बराबरी

काठमाडौं, १ असार । ४७औँ संस्करणको कोपा अमेरिकाअन्तर्गत उपाधि दाबेदार मानिएका टोलीद्वय अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । मङ्गलबार बिहान ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका हुन् ।अर्जेन्टिनाले अग्रता जोगाउन नसक्दा चिलीलसँग अङ्क बाँडेको हो । कप्तान लियोनल मेस्सीले खेलको ३३औँ मिनेटमा गोल गर्दैै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा इडुआर्डो भर्गसले गोल गर्दै चिलीलाई खेलमा फर्काए । र, बाँकी समय गोल नहुँदा अर्जेन्टिना र चिलीले एक–एक अङ्क बाँडे ।यससँगै समूह ‘बी’का अर्जेन्टिना र चिलीले एक–एक जोडेका छन् । उक्त समूहमा उरुग्वे, पराग्वे, पेरु र बोलिभिया पनि छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति