कोपा अमेरिका : साविक विजेता ब्राजिलको सुखद सुरुआत

काठमाडौं, ३१ जेठ। ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा साविक विजेता ब्राजिलले सुखद सुरुआत गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा ब्राजिलले भेनेज्वेलामाथि ३–० गोलको सहज जित निकाल्दै सुखद सुरुआत गरेको हो ।

ब्राजिलको राष्ट्रिय रङ्गशालामा घरेलु टिमलाई जिताउन मार्कुइन्होस, नेयमार र ग्राबियल बर्बोसाले समान एक गोल गरे । खेलको २३औँ मिनेटमा मार्कुइन्होसले गोल गर्दै घरेलु टिमलाई सुरुआती अग्रता दिलाएका थिए । ६४औँ मिनेटमा ब्राजिलले पेनाल्टीको मौका पाएको थियो, जसमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

खेल सकिन एक मिनेट बाँकी छँदा नेयमारको पासमा बर्बोसाले गोल गर्दै ब्राजिललाई ३–० गोलको जित दिलाए । जितसँगै ब्राजिलले जितबाट कोपा अमेरिकाको थालनी गरेको छ । समूह ‘बी’मा रहेको उसले तीन अङ्क जोडेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति