काठमाडौँ । नेकपा(एमाले) नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी अोलीले एकता आह्वानको नाममा कुटिल चातुर्य र जालझेल प्रयोग गरेको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले अध्यक्ष ओलीको आइतबार गरेको आह्वानलाई एकताको प्रयत्न मान्न नसकिने बताएका हुन्।
बुँदा नम्बर १ मा नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्नु सकारात्मक भए पनि एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको नेता गौतमका ठहर छ ।
‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोगका बाबजुद बुँदा नं. १ मा “नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ,’ उनले भनेका छन्।
मंगलबार पार्टी एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको भर्चुअल बैठकमा सहभागीपछि गौतमले विज्ञप्ति जारी गर्दै अध्यक्षबाट पार्टी एकताको इमानदार प्रयत्न नभएको बताएका छन्। एकता आह्वानका नाममा सार्वजनिक विज्ञप्तिले एकताको आधार तयार नभएको गौतमले बताएका छन्।

प्रतिक्रिया