आज पनि बसेन संवैधानिक इजलास

काठमाडौं, २५ जेठ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो ।

मंगलबार पनि संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकोले इजलास बस्न नसकेको अपुष्ट सूचना सार्वजनिक भएको थियो ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति