आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएको भन्दै हृदयेश त्रिपाठीले गरे मन्त्री पद अस्वीकार

काठमाडौँ, २२ जेठ । पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन हृदयेश त्रिपाठीले अस्वीकार गरेका छन् । उनले आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरेका हुन् । त्रिपाठी यसअघि स्वास्थ्यमन्त्री रहेका थिए । उनलाई मन्त्रीमा दोहोर्याउने ओलीको इच्छा भएपनि उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा माथि राखिएकाले आफुले मन्त्री पद अस्वीकार गरेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति