जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा थप , किराना, खाद्यान्न र पुस्तक पसल र डिपार्टमेन्ट स्टोर खुल्ने

काठमाडौं १९ जेठ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा समयअवधि जेठ ३१ सम्म थपेको छ ।

गत वैशाख १६ बाट निषेधाज्ञा शुरु भएको थियो । यही जेठ १४ बाट निषेधआज्ञालाई थप कडा पारिएको थियो।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएक किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर का सथै पुस्तक पसल समेत खोल्न दिने निर्णय भएको छ ।

किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

निषेधज्ञाका बीचमा विकास निर्माणको काम समेत गर्न पाइने भएको छ । त्यसका लागि निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ।
‘साबिकमा हामीले किराना पसल र खाद्यान्नका डिपार्टमेन्ट स्टोर बन्द गराएका थियौं,’ भट्टराईले भने, ‘अब निषेधाज्ञा केही खुकुलो भएको बुझ्नुपर्छ।’

जेठ ३१ गते सम्म निजी संघ,संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति