अजको एमाले स्थायी कमिटी बैठकमा माधव पक्षसंगको एकताका बारेमा थप छलफल

काठमाडौं, जेठ १९ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका दुई पक्षीय वार्ताका बारेमा समीक्षा हुने बताइएको छ ।

माधव पक्षीय दोस्रो तहका नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय लिन सक्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए । मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिबिधि जारी राखे पनि एकता जोगाउन पार्टीले पहल गर्न नछाड्ने निर्णय गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति