काठमाडौँ, १८ जेठ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ६,०८५ जना संक्रमित थपिएका छन् । २० हजार १६५ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ६,८९८ जना डिस्चार्ज भएका छन् ।सक्रिय संक्रमित संख्या १ लाख ४ हजार ७८९ छ । कूल संक्रमित संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । कूल मृतक संख्या ७४५४ पुगेको छ । केही दिन ओरालो लागेको संक्रमण पुनः उकालो लागेको छ ।
पछिल्लो २४ घण्टामा ६,०८५ संक्रमित थपिए, ६,८९८ जना डिस्चार्ज
प्रतिक्रिया