स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्षसम्म कैद सजाय गर्न माग

काठमाडौं१७ जेठ । नेकपा एमालेले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न माग गरेको छ ।

सोमबार पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा कडा कानुनी व्यवस्था गर्न माग गरेको हो ।

अधिकारीको प्रतिनिधि मण्डलले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गाली गलौज, अपमान तथा सामाजिक सञ्जालमा तथ्यहीन अफवाह फैलाउनेलाई पकडा सजाय गर्न मन्त्री समक्ष माग गरेको छ ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य आपतकाल वा विपद् संकटग्रस्त क्षेत्र घोषणा भएको वा संक्रामक रोग निर्मूल वा रोकथाम आदेश जारी भएको अवस्थामा दोब्बर सजायको व्यवस्था गर्नु पर्ने बताएको छ । ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति