अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा

काठमाडौं, १५ जेठ ।  अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/ ७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि बजेटमा उल्लेख छ ।साथै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषण गरेको छ ।

कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति