बजेट भाषण गर्न ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालयमा अर्थमन्त्री पौडेल

काठमाडौं, १५ जेठ । आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्न अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् ।

हातमा बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री पौडेल प्रधानमन्त्री कार्यालय पुगेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हलमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन् ।

प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको थियो ।

बजेट भाषण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद्का सदस्य तथा सत्तारुढ दल एमालेका नेताहरू उपस्थित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति